युरो कप फुटबलको क्वाटर फाइनल खेल शुक्रवार (आज) देखि सुरु हुँदैछ । आज पहिलो क्वाटर फाइनलमा स्विट्जरल्यान्ड र स्पेनले खेल्दा दोस्रो क्वाटर फाइनल खेलमा बेल्जियम र इटलीले प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनको खेल राति पौने १० बजे रुसकाे सेन्ट पिटर्बगमा हुनेछ । स्विट्जरल्यान्ड समूह ए बाट र स्पेन समूह ई बाट क्वाटर फाइनल पुगेकाे हाे । प्रिक्वाटर फाइनल खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई हराउँदा स्पेनले क्राेएशियालाई हराएकाे थियाे । बेल्जियम र इटलीको खेल भने राति पौने १ बजे जर्मनकाे म्युनिखमा हुनेछ । बेल्जियम समूह बी बाट र इटली समूह ए बाट क्वाटर फाइनल पुगेकाे हाे । प्रिक्वाटर फाइनल खेलमा बेल्जियमले पाेर्चुगललाई हराउँदा इटलीले अस्ट्रियालाई हराएकाे थियाे ।