हेटौंडा–२०७२ सालको भुकम्पबाट प्रभावित मकवानपुरका ९ सय ७३ लाभग्राहीलाई साविककै स्थानमा घर बनाउने स्वीकृती प्रदान गरिएको छ । शनिबार राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत गठीत जिल्ला समन्वय समिति मकवानपुरका संयोजक तथा प्रतिनिधि सभाअर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको संयोजक्त्वमा बसेको बैठकले जिल्लाका ९७३ जना भुमिहीन लाभग्राहीलाई सोही स्थानमा घर बनाउने स्वीकृती प्रदान गरिएको हो ।
बैठकले ५८९ जना भुमिहीन पुर्ण लाभग्राही र ३८४ जना प्रवलीकरण लाभग्राही गरी ९७३ जना भुमिहीन लाभग्राहीलाई साविककै स्थानमा घर निर्माणको स्वीकृती प्रदान गरेको छ । उनिहरुलाई सार्वजनीक मुचुल्कको आधारमा स्थानीय तहको सिफारीस तथा दिगा समाधान परियोजनाबाट संकलन गरि पेश भएका कागजातका आधारमा सोही स्थानमा घर पुननिर्माण गर्न स्वीकृती दिने निर्णय गरिएको हो ।
९७३ मध्ये पुर्ण लाभग्राही तर्फ हेटौंडा उपमहानगरपालिकाका २४६, हेटौंडाकै बसामाडीका ७, बकैया गाउँपालिकाका १५५, मकवानपुरगढीका ८५, मनहरीका ६६, बागमतिका ११, भीमफेदीका १०, राक्सिराङका ४, थाहा नगरपालिकाका ३ तथा कैलाश र ईन्द्रुसरोवर गाउँपालिकाका १÷१ जना गरि ५८९ जना लाई घर पुननिर्माणको स्वीकृती प्रदान गरिएको छ । भने प्रवलीकरण तर्फ बकैयामा १४५, बागमतिमा ११७, मनहरीमा ५५, मकवानपुरगढीमा ४८, हेटौंडामा १५, राक्सिराङमा ३ र भीमफेदीमा १ जनागरि ३८४ जना प्रवलीकरण लाभग्राहीलाई घर पुननिर्माणको स्वीकृती प्रदान गरिएको हो ।
यो सहित मकवानपुर जिल्लामा हाल सम्म २ हजार ६ सय ३९ जना भुमिहीन लाभग्राहीलाई घर पुननिर्माणको स्वीकृती प्रदान गरिएको छ । यस अघि दुई पटक गरेर जिल्लाका १ हजार ६ सय ६६ जनालाई घर पुननिर्माणको स्वीकृती प्रदान गरिएको छ । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भुकम्प पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालय मकवानपुरका प्रमुख बिमल किशोर केपी, निमित्त समन्वय अधिकारी भीमलाल महर्जनलगायत सरोकारवालाको उपस्थिती थियो ।