हेटौंडा – हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्र्तगत शनिबार भएको खेलमा पोताला फुटबल क्लब, नित्या फुटबल क्लब र शहिद स्मृति फुटबल क्लब विजयी भएका छन् ।
शनिबार बिहान भएको खेलमा पोताला फुटबल  क्लबले आर आर फुटबल क्लबलार्इृ २–१ गोल अन्तरले पराजित गरेको हो । पोताला फुटबल क्लबका लागी मनोज लामा र सुमन छमीले समान समान १ – १ गोल गरे भने आर आर फुटबल क्लबका विनोद घलानले १ गोल फर्काए । 
यसैगरी शनिबार दिउसो भएको दोश्रो खेलमा  नित्या फुटबल क्लबले नामटार फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । नित्या फुटबल क्लबकाको जितका लागी सविन गोले र नकुल दोङले समान १–१ गोल गरे । 
यस्तै शनिवार भएको तेश्रो तथा अन्तिम खेलमा शहिद स्मृति फुटबल क्लब विजयी भएको छ । शहिद स्मृतिले प्रगतिशिल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । शहिद स्मृतिको जितका लागी मिलन राईले एकमात्र निर्णायक गोल गरे । प्रतियोगिता असोज ११ गते सम्म चल्ने छ ।

#प्रस्टखबर