मकवानपुर – नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा बृहत मोटर साईकल ¥याली आयोजना गरिएको छ । एमाले मकवानपुरले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको जानकारी दिन हेटौंडामा बृहत मोटरसाइकल ¥यालीको आयोजना गरेको हो ।

चितवनमा हुने महाधिवेशनको प्रचार प्रसारको लागि हेटौंडा–४ को हुप्रचौरबाट भएको मोटरसाईक ¥यालीले हेटौंडा उपमहानगरपालिको परिक्रम गरेर बुद्ध चोकमा आई कोणसभामा परिणत भएको थियो । करीब एक हजारको संख्यामा रहेको मोटरसाईकल र साना गाढीसहितको ¥यालीमा हेटौंडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, बागमती, मनमहरी, मकवानपुगढी, भीमफेदी लगाएत १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । ¥यालीमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमालेका केन्द्रीय सदस्य डोरमणी पौडेल, जिसस मकवानपुरका प्रमुख एवम् एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष बद्रि लम्साल, सचिव एकालाल श्रेष्ठलगायत २२ जनवर्गिय संगठनहरुको उपस्थिति रहेको थियो । (हेर्नुहाेस् फाेटाे)

May be an image of 8 people, people standing and road