हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका ४ सय कैदी बन्दीहरुको आँखाको परिक्षण गरिएको छ । कारागारमा रहेका ९ सय ४९ कैदीबन्दी मध्ये “ख” बल्कका ४ सय जनाको निशुल्क आँखा परिक्षण गरिएको हो ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्रविधिक सहयोगमा लायन्स क्लब अफ पोखराले शिविरको आयोजना गरेको हो । कैदी बन्दिहरुको आँखाको स्वास्थ्य अवस्था बुझ्न तथा उनिहरुका समस्याका बारेमा जानकारी लिने र सहयोग गर्ने उदेश्यका साथ शिविरको आयोजना गरिएको कारागार प्रशासनले जनाएको छ । सामान्य तथा गम्भीर किसिमका आँखाका समस्या भएका चार सय बन्दिको निशुल्क परीक्षण गरीएको हो ।
कारागारमा रहेका पोखराका कैदी बन्दिहरुको समन्वयमा लायन्स क्लब अफ पोखराले शिबिर आयोजना गरेको हो । शिबिरले आँखाको रोग पहिचा गरेर मोतीबिन्दु भएका ८ जना कैदी बन्दीहरुको निशुल्क आँखाको शल्य गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रशासकिय प्रमुख सुधिर श्रेष्ठले जनाकारी दिनुभयो । शिविरमा सामुदायिक आँखा अस्पतालका नेत्र सहायक कृष्णराज ढुंगानाको नेतृत्वमा नेत्र सहायक हरु कृष्ण प्रसाद कुशवाहा र जनक अवस्तीको टोलीले आँखा परिक्षण गर्नुभएकोे थियो । शिविरमा बिरामिहरुलाई चस्मा तथा आँखाका अन्य समस्या भएकाहरुलाई निशुल्क औषधि समेत प्रदान गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रशासकिय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।