हेटौंडा– नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दै छ ।
राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।