हेटौंडा– आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर मौसम सामान्य बदली रहेको र बिहान खुलेजस्तो देखिए पनि दिउँसो र बेलुकीपख कतिपय ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने र केही ठाउँमा छोटो समयमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।
अहिले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । यस्तै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । मौसमविद् निराजन सापकोटाका अनुसार अहिले देशभरको मौसम सामान्य बदली भएको र दिउँसो पनि देशभरको मौसममा सामान्य बदली आउने जानकारी दिनुभयाे । देशका केही ठाउँमा भने हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।