सिन्धुपाल्चोक– पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री सहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार सिन्धुपाल्चोक पुग्नु भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदिमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित त्यसतर्फ जानुभएको हो ।

स्थलगत निरीक्षणपछी सो क्षेत्रमा खानेपानीका पाइप, अस्थाई शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको ब्यबस्था गरिएको थियो । हाल सो क्षेत्रमा नेपाल प्रहरी र ससस्त्र प्रहरी र स्थानीयले उद्धारका काम जारी राखेका थिए भने थप सहयोगका लागि नेपाली सेनको एउटा टुकडी हेलीकप्टरमार्फत सो क्षेत्रमा पु¥र्याइएको छ । मुख्यमन्त्री पौडेलले तत्काल अस्थाई बासस्थान राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो । सो स्थान बस्तीको लागि उपयुक्त नभएको स्थानीयले मुख्यमन्त्रीलाई जानकारी गराएका छन् ।

मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरीने बताउनुभयो । सिन्धुपाल्चोकका बस्तीहरु नै मानिसको बसोबास गर्न नमिल्ने, असुरक्षित रहेको बताउनुभयो । यहाँका बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो अगाडि बढाईने उहाँको भनाई छ । सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको अरु केहि बिकल्प पनि नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ हामी स्थानान्तरण मात्र हैन, जिबिको पार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्नुपर्छ ।’ स्थानियहरुलाई परेको बिपत्तिमा सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो ।  उचित ब्यबस्थापन गर्ने सरकारको दायित्व रहेकोले सकारले तत्काल काम थाल्ने समेत बताउनुभयो ।

हालसम्म पनि स्थानियहरु बेपत्ता रहेकोले उद्धार कार्य थप तिब्र बनाइएको पनि उहाँले जानकारी दिनुभायो । केहि समय भित्रै समग्र सिन्धुपाल्चोकका समस्या हल गर्न सदरमुकाम चौतारामा बृहत छलफलको आयोजना गर्ने पनि जानकारी दिनुभयो । त्यस क्षेत्रका सरोकारवालाहरुसंग गम्भिर छलफल गरी निकास निकाल्ने पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘ बागमती प्रदेशका मन्त्रीहरु, सांसद, जनप्रतिनिधिहरुलगायत अन्य सरोकारवालाहरुसंग प्राविधिकसहितको टोली राखेर छलफल गरेर निकास निकालिने छ ।’ सो क्षेत्रको अबस्थाका बारेमा प्रदेश सभा सांसद एबम् बागमती प्रदेशका अर्थ बिकास समिति सभापति शरेस नेपाल, जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ सो क्षेत्रको बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा बिकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचीव मानबहादुर बीके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामाको टोली त्यसतर्फ गएको हो । सो क्षेत्रमा अहिले सय ७२ घर धुरी रहेका छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ । हाल सम्म १६ जनाको शब फेला परिसकेको छ भने २३ जना अझै बेपत्ता रहेका छन् ।