हेटौंडा– मकवानपुर जिल्लाका विभिन्न सहकारी सङ्घहरुले बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम सहयोग गरेको छ । जिल्ला सहकारी सङ्घ मकवानपुरका अध्यक्ष एबम राष्ट्रिय सहकारी सङ्घका केन्द्रिय सदस्य नारायण देबकोटाको नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई रकम हस्तान्तरण गरेको हो । 

मकवानपुर जिल्ला सहकारी सङ्घ बाट ५० हजार,   मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ बाट १ लाख १ हजार, मकवानपुर बचत तथा ऋण सहकारी सङ्घ बाट १ लाख १ हजार, मकवानपुर बहुउद्देश्यीय सहकारी सङ्घ बाट २५ हजार र मकवानपुर कृषि सहकारीबाट २५ हजार गरि जम्मा ३ लाख २ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको हो । सहकारीहरुकाे स‌घहरुले स‌युक्तरुपमा गरेकाे काेषमा सहयाेग गरेकाे भन्दै प्रश‍सा समेत गर्नुभयाे ।