हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबैको साथ र सहयोगले मात्र मुलुकमा समृद्धी आउने वताउनु भएको छ । प्रेस संगठन नेपाल मकवानपुरको भेलालाई आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले पत्रकारका नाममा आग्रह र पूर्वाग्रह राखेर पत्रकारिता गर्नु नहुने वताउनुभयो । पत्रकारले गोरोलाई कालो र कालोलाई गोरो वनाएर भन्दा पनि जे देख्यो त्यो लेख्नका लागि आग्रह गर्नुभयो ।
संगठनलाई बलियो वनाएमा मात्र आफुहरु बन्ने उहाँले वताउनुभयो । पत्रकारको हक हितका निम्त आफुहरु काम गर्न तयार रहेको वताउनुभयो । कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेलले सबैले व्यावसायीक पत्रकारिता गर्नका लागि आग्रह गर्नुभयो । बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठले मिडीयाको रोल हरेक क्षेत्रमा रहेको वताउनुभयो । नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पत्रकारिताबाट राज्य र नागरिकको दायित्व पुरा गर्न आग्रह गर्नुभयो । राजनीतिक पूर्वाग्रहका आधारमा समाचार नलेख्नका लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा ब्रोकाष्टिङ एसोसीएसन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ठ, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मनोज ढोडरी, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल, संगठन बागमती प्रदेश सहसंयोजक तथा मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, प्रेस संगठन बागमती प्रदेश सदस्य कुमार नेगी, प्रेस युनियन मकवानपुर अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज) लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रेस संगठन मकवानपुरका संयोजक धर्बेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका प्रदेश सदस्य बालकृष्ण अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सहसंयोजक पुस्पराज अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो । आजैको भेलाले प्रेस संगठन मकवानपुरको कार्यसमितिमा सदस्यहरु समेत थप गरिएको छ ।