file photo

साफ यू–२० च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली भोली भारत जाँदैछ । अर्को साताबाट सुरु हुने च्याम्पियनसिपमा नेपालको कप्तानी आयुष घलानले गर्ने छन् । नेपालले च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।
च्याम्पियनसिपमा नेपालसँगै, आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागीता जनाउने छन् । नेपालले उद्घाटन खेल आगामी सोमबार माल्दिभ्सविरुद्ध खेल्नेछ । यस्तै, दोस्रो खेल साउन ११ मा श्रीलंकासँग खेल्दा, नेपालले साउन १५ मा भारतसँग तेस्रो खेल खेल्नेछ । नेपालले अन्तिम खेल साउन १७ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि साउन २० मा प्रतिस्पर्धा गर्नेछन् ।