काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षको बजेटमा शिक्षातर्फ एक खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । शैक्षिक नतिजाको आधारमा विद्यालयलाई अनुदान दिइने पनि बजेटमा उल्लेख छ ।यस्तै  तीन वर्षभित्र सबै कक्षाकोठामा प्रयोगशाला, खानेपानी लगायतका कार्यक्रम बजेटमा समावेश छन् । कक्षा नौ सम्मको पाठ्यक्रम रङ्गीन पानामा छपाइ गरिने भएको छ । कक्षा १२ सम्म निःशुल्क पाठ्यपुस्तक र छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणका लागि चार अर्ब रुपैयाँ विनियोजन भएको छ ।