हेटौंडा– मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने स्काभेटर–१, जेसिबी– १, टिफर–३, ट्याक्टर–४६ वटालाई नियन्त्रणमा लिएको छ । अबैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिटि, बालुवा, ग्राबेल) दोहन, उत्खनन् गरिरहेको अवस्थमा प्रहरीले आज हटौंडा–१९ बस्तिपुर स्थित राप्ती खोलाबाट बागमती प्रदेश २००३१ त ३२५२ र ना. ६ त ६३५६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले शनिबार प्र.२–०३–००१ क.०४०१ नम्बरको ब्याक लोडर जेसिबी, ना. ७. ख. ५५३४ नम्बरको टिपर, बागमती प्रदेश ०३–००१ ख १३३१ नम्बरको टिपर र आज ना.४ त.२४१२ नम्बरको ट्याक्टर, ना.३ त.८०८ नम्बरको ट्याक्टर, ना.३ त.१३१५ नम्बरको ट्याक्टर, ना. ६ त ६०४ नम्बरको ट्याक्टरलाई हेटौंडा–९/१५ स्थित खोलाबाट नियन्त्रणमा लिएको छ ।
बैशाख र जेठ महिनामा ४६ वटा ट्याक्टर, जेसिबी एक, स्काभेटर एक, र टिपर ३ वटा लाई अबैध नदिजन्य पदार्थ उत्खनन तथा दोहन गरेकोमा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानिय तहमा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।