हेटौंडा – नेकपा एमाले हेटौंडा ५ ले वडाका बिभिन्न टोलहरूमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । आज हेटौंडा ५ को सचेत टोल र वनदेबि टोलमा प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । पार्टी जिल्ला सहसचिव सिता बिष्टद्वारा टोलस्तरिय प्रचारप्रसार कार्यलयको उद्घाटन गरिएको हो ।
टोल स्तरीय प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै पार्टी सह सचिब बिष्टले अबको निर्वाचनमा एमाले बाहेकाको दलले जितेमा जनताले देखेको समृद्धिको सपना पुरा नहुने बताइन् । राष्ट हितको सवालमा सोच्ने र जनताको चाहाना बुझेर विकासमा लागि पर्ने पार्टी एमाले नै भएको बिष्टले बताइन । “एक रफ्तारमा भैरहेको बिकास परामादेशि सरकार आएपछि बिखन्डन गरिरहेको छ,” बिष्टले भनिन् “अब राष्ट समृद्ध बनाउन एमाले नै चाहिन्छ, यो जनताले चाहेको कुरा पनि हो ।” हेटौंडा ५ नम्बर वडामा युवालाई नेतृत्व गर्ने अवसर पार्टिले दिएको र यसलाई यहाँका जनताले अन्तिम निर्णयमा पुर्‍याउन स्थानीयसँग बिष्टले आग्रह गरिन । पर्यटनमा प्रचुर सम्भावना रहेको हेटौंडा ५ को वडामा आवश्यक योजनाबारे सुझाब दिन टोलवासीलाई बिष्टले आग्रह गरिन ।
कार्यक्रममा अध्यक्षका उम्मेद्बार सुशिल घिमिरेले बिगतमा छुटे विकास गर्न आफ्नो टिम लागिपर्ने बताए । “आफ्नो वडा आफ्नो टोल बनाउनको लागि हामी जुट्ने छौ,तपाइँहरूको साथ चाहियो” अध्यक्षका उम्मेदवार घिमिरेले भने । लामो समय स्थानीय ठाउँको विकासमा काम गरेको भिजन आफूसंग भएकोले स्थानीय क्षेत्रको आवश्यकता हेरेर काम गर्ने उनले बताए । कार्यक्रम पार्टी सचिवालय सदस्य इश्वर ढुंगाना, पार्टी वडा अध्यक्ष पदम बजगाईं, सचिब सुरेश लामिछाने, वडाका उम्मेदवारहरू ज्ञानबहादुर थापा, रन्जिता सिलवाल, रामबहादुर राई,भगवती बिकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पार्टीको टोल अध्यक्ष अर्जुन चिमोरियाको अध्यक्षतामा भएको थियो ।