मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मानव बेचविखन बिरुद्ध सचेतना बृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । साना हातहरु नेपनल नामक गैर सरकारी संस्थाको बिहीबार भएको मध्यावधि प्रगती तथा छलफल कार्यक्रममा बोल्दै प्रमुख खुलालले मानव बेचविखनको स्वरुप परिर्वतन भएको भन्दै बेचविखन बिरुद्धमा व्यापक सचेतना फैलाउनुपर्ने बताउनुभएको हो ।
अहिलेको आधुनिक जमानामा प्रविधिको विकाससँगै मोबाइल फोन, कम्प्युटरका साथै समाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग बढ्दै गएको र सामाजिक सञ्जालकै माध्यमबाट बेचविखनका घटनाहरु हुने गरेको उहाँले बताउनुभयो । फेसबुकबाट चिनेकै भरमा मानिसहरूलाई विश्वास गर्ने, दलालको चंगुलमा फस्ने तथा विभिन्न प्रलोभनमा परेर सहर बजारका शिक्षित वर्गका महिलाहरू पनि बेचबिखनमा परिरहेको पाइएको भन्दै प्रमुख खुलालले त्यसका बिरुद्धमा गाउँ देखि शहरसम्म सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
२०७३ सालबाट मकवानपुरमा बाेर्डर मोनिटरिङ्ग नामक परियोजना सञ्चालन गरिरहेको साना हातहरु नेपाल नामक उक्त संस्थाले जिल्लामा मानव बेचविखन तथा ओसार पसार बिरुद्ध निगरानी, अनुगमन, उद्धार÷संरक्षण तथा सचेतनामुलक कृयाकलापहरु गर्दै आएको छ । संस्थाले हाल सम्म ७२ जनाको उद्धार, ४ सय ३९ जनालाई परामर्श, १ हजार ५ सय ४१ जनालाई जनचेतना, ४ हजार २ सय ६१ जनालाई सोधपुछ, ६ हजार ८ सय २६ जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्श, ३२ जनालाई सुरक्षित वैदेशिक रोजगार परामर्शबाट पुन निर्देशित गरेको जनाएको छ । त्यस्तै यस अवधिमा संस्थाले ६ वटा मानव बेचविखान र जबरजस्तीकरणी सम्बनधी मुद्दा दर्ता गराएको र ३ वटाको फैसला समेत भईसकेको जनाएको छ । समाज कल्यान परिषदका तर्फबाट उक्त संस्थाको अनुगमन गर्ने टालीका प्रमुख बालकृष्ण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, १० नम्बर वडा अध्यक्ष किताब सिंह लामा, संस्थाका केन्द्रीय अध्यक्ष सुर्य प्रकाश राईलगायत सरोकारवालाहरुको उपसिथती थियो ।