मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताकोबीचमा संघियता स्थापित गर्न निजामती कर्मचारीको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । १७ औं निजामती सेवा दिवश २०७७ का अवसरमा आज एक सन्द्येश जारी गर्दै सम्पूर्ण कर्मचारीहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ ।
विभिन्न कालखण्ड आइपरेको विषम परिस्थितिहरूमा समेत सेवा प्रवाह मार्फत राज्यको उपस्थितिलाई जनताकोवीचमा स्थापित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै उहाँले देशका परिवर्तनकारी आन्दोलनहरुमा समेत निजामती कर्मचारिहरूले अनेकौं चुनौतिहरुको सामना गर्दै प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान पु¥याउदै आएको उल्लेख गर्नुभएको छ । उहाँले तिनै तहको सरकारवीच सहअस्तित्व, समन्वय र सहकार्यको मर्म अनुरुप नागरिकको घरदैलोमा सहज एवम् सरलरुपमा राज्यको सेवा प्रवाह गर्दै जनतामा परिवर्तनको अनुभुति गराउन निजामती कर्मचारीको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ– “निजामती कर्मचारीहरुको क्षमता अभिवृद्धि, वैज्ञानिक एवम् ब्यवस्थित मुल्याङकन पद्धति, सुशासन लगाएतका पक्षहरु मध्यनजर गर्दै कर्मचारि प्रशासनको प्रभावकारि परिचालनबाट मात्र “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षा पुरा गर्न सकिन्छ ।” उहाँले अनुशासन, आचरणमा स्वच्छता एवम् पारदर्शिता, ब्यवहारमा सहजता, जिम्मेवारीप्रतिको जवाफदेहिता, कार्यसम्पादनमा सरलता सहितको निजामती सेवाले नै संघिय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई बोध गराउन सक्ने उल्ल्ेख गर्दै संविधानले निर्दिष्ट गरेका अनुसार जनताको त्याग र बलिदानीबाट प्राप्त यस ब्यवस्थालाई बलियो बनाउदै समृद्धिको यात्रामा उच्च मनोबल सहित अघि बढ्न यस दिवसले यहाँहरु सबैमा थप प्रेरणा दिने अपेक्षा सहित “स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन“ नारा सहित मनाउन लागिएको निजामती सेवा दिवशको हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।
Home प्रमुख समाचार जनताकोवीचमा सङ्घीयता स्थापित गर्न निजामती सेवाको भुमिका महत्वपुर्ण –मुख्यमन्त्री पौडेल