मकवानपुर । मदन भण्डडारी फाउन्डेसन मकवानपुरको आर्थिक वर्ष २०८२/०८३ को कार्ययोजना स्वीकृत भएको छ । शुक्रबार फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले एक वर्षमा गर्ने विभिन्न कार्यक्रमहरु स्वीकृत गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८२/०८३ को श्रावण देखि असारसम्मको एक वर्षे कार्ययोजना स्वीकृत गरेको फाउन्डेसनका अध्यक्ष खुलालले बताउनुभयो । उहाँका अनुसार पहिलो ४ महिना (श्रावण, भदौ, असोज र कार्तिकमा सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण साथै असोज ५ गते स्थापन दिवश, चार्डपर्वका अवसरमा शुभकामना आदान प्रदान एवम् पुस्तक विमोचन कार्यक्रम तय गरेको छ ।

त्यस्तै कार्तिक महिनामा कला साहित्य एवम् सांस्कृतिक उपसमितीको समन्वयमा शुभ दिपावलीका अवसरमा देउसीभैलो कार्यक्रम र मंसिर महिनामा सकारात्मक सोँच र जिवन जिउने कलासम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै पौष महिनामा अतिरिक्त कृयाकलाप उपसमितीको समन्वयमा बनोज कार्यक्रम, माघ महिनामा सहिद दिवशका अवसरमा वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय भएको अध्यक्ष खुलालले बताउनुभयो ।

त्यस्तै फाल्गुन महिना विभिन्न संघसंस्थाहरुको सहयोगमा स्वास्थ्य सिविर संचालन गर्ने, चैत्र महिनामा कविता प्रतियोगिता, वैशाख महिनामा श्रीचन्द्र शार्मा स्मृती सम्मान वितरण, जेठ महिनामा मदन–आश्रित स्मृति दिवशका अवसरमा जेठ १, २ र ३ गते क्रमश खाद्यान्न वितरण, हाजिरीजवाफ प्रतियोगिता र श्रद्धाञ्जली कार्यक्रम र असार महिनामा मदन भण्डारीको जन्मजयन्ती कार्यक्रम १२, १३ र १४ गते क्रमश रक्तदान, कविता प्रतियोगिता र श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले बतउनुभयो ।

अध्यक्ष खुलालका अनुसार यस बाहेक पनि माघ देखि बैशाख महिनामासम्म स्थानीय तह एवम् विभिन्न संघसंस्थासंगको सहकार्यमा अन्य कार्यक्रमहरु सञ्चालन गर्ने साथै यो वर्ष हिरक महोत्सव समेत परेकाले केन्द्रबाट प्राप्त हुने थप कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको र बैठकले आव २०८१/०८२ को खर्च अनुमोदन तथा आव २०८२/०८३ को अनुमानीत बजेट स्वीकृत गरेको अध्यक्ष खुलालले बताउनुभयो । बैठकमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् मदन भण्डारी फाउन्डेसनका हिरक मोत्सव मुल समारोह समितिका संयोजक डोरमणि पौडेलले फाउन्डेसनले संचालन गर्ने एवम् केन्द्रवाट प्राप्त हुने कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्न निर्देशन दिनुभयो । उहाँले फाउन्डेसनलाई थप कृयाशील बनाउन आग्रह समेत गर्नुभएको छ ।