श्रीलङ्काका नव निर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ७३ वर्षीय विक्रमासिंघेले कडा सुरक्षाका साथ राजधानी कोलम्वोस्थित संसद परिसरमा पुगेर प्रधानन्यायाधीश समक्ष सपथ लिनुभएको हो ।
निवर्तमान राट्रपति गोटाबाया राजापाक्षेले देशमा भएको संकटको बेवास्ता गरेको आरोप लागिरहेका वेला विक्रमासिंघेले ती संकटको समाधान गर्ने अपेक्षा गरिएको छ । अहिले राजधानीका सरकारी भवन वरपर सुरक्षा व्यवस्था मजबुत बनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।