file photo

हेटाैंडा । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेको छ ।
नयाँ भाडादर अनुसार ५ किलोमिटरसम्मको भाडामा एक रुपैयाँ बढाइएको छ भने १० किलोमिटरसम्मको भाडामा २ रुपैयाँ बढाएर २६ रुपैयाँ पुगेको छ । यस्तै १५ किलोमिटरसम्मको भाडा २९ रुपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा पनि बढाइएको हो ।