file photo

मकवानपुर । पहिरोका कारण अबरुद्ध रहेको हेटौंडा हुदै काठमाडौं जोड्ने छोटो दुरीको कान्तिलोकपथ संचालनमा आएको छ । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा अवरुद्ध बनेको सडक पहिरो पन्छाएसंगै अहिले संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।
बिहिबार देखि पेरको अविरल वर्षा सँगै ललितपुरको भट्टेडाँडा काल्चे लगायतको स्थानमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक अवरुद्ध बनेको थियो । सडक डिभिजनको डोजर प्रयोग गरेरे अवरुद्ध सडक संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।