मकवानपुर – हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्कपमा साबिक बिजेता त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको छ । हेटौँडाको पिप्ले रंगशालामा आज भएको दोस्रो सेमिफाईनल खेलमा विदेशी टोली एभेनिर एफसी, क्यामरुनलाई पराजित गर्दै आर्मी फाईनलमा प्रवेश गरेको हो ।
आर्मीले पेनाल्टी सुटआउटमा विदेशी टोली एभेनिरलाई १० का बिरुद्ध ११ गोल अन्तरले पराजित गर्दै उपाधिको यात्रा तय गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । निकै नै प्रतिष्पर्धात्मक खेलको दोस्रो हाफको सुरुमै आर्मीका दिनेश हेन्जनले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम मिनेटमा विदेशी टोलीका जिकाले गोल गर्दै खेललाई पेनाल्टी सुट आउटमा पुु¥याए । पेनाल्टी सुटआउपटमा दुबै टोलीले कुल १४/१४ प्रहार गरेका थिए । तर, अन्तमा आर्मी विजयी भयो ।
अपाधिका लागि आर्मीले अब जेष्ठ ३० गते घरेलु टोली विजय युथ क्लबको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजय युथ क्लब फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।