मकवानपुर – हेटौंडामा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका–९, स्थित पशुपतिनगरमा शनिबार साँझ भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा–९ बस्ने ५५ वर्षिय इश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले हेटौंडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बुलेटको ठक्करबाट माेटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।











