राष्ट्रिय युवा संघ नेपालले ७७ वटै जिल्ला कमिटी र महानगर तथा उपमहानगरपालिका कमिटीको इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको टुङ्गो लगाएको छ । नेकपा एमाले र मोआवादी केन्द्र एकता भएपछि तत्कालिन युवा संघ र वाइसिएलको समायोजनबाट बनेको संघको जिल्लागत नेतृत्वको टुङ्गो लागेको हो । संघको संयोजक रामप्रसाद सापकोटा दीपशिखाको अध्यक्षतामा बसेको कार्यालय बैठकले जिल्लागत नेतृत्वको सूची सार्वजनिक गरेको हो । संघले मकवानपुर तत्कालिन वाइसियलका सुमन लामा र सहइन्चार्जमा तत्कालिन युवा संघका आरती पाठक तथा जिल्ला संयाेजकमा तत्कालिन युवा संघ नेपालका संताेष चाैलागाइ र सहसंयाेजकमा तत्कालिन वाइसियलका राजकुमार माेक्तानलाइ जिम्मेवारी दिएकाे छ ।

जिल्लागत सूची