नेपालमा आज थप २ हजार ४ सय ७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । आज पिसिआर परीक्षणबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन परीक्षणबाट ७ सय १३ जना गरी जम्मा २ हजार ४ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज ७ हजार ५ सय १७ नमूनाको पिसिआर तथा ४ हजार ८ सय ८९ नमूनाको एन्टिजेन परीक्षण भएको छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण थप ४६ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ४ सय १२ पुगेको छ ।
यस्तै आज थप ३ हजार ९ सय ९४ जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ८७ दशमलव ३ प्रतिशत रहेको छ । आज देशभर गरी ६८ हजार ९ सय ५५ जना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ६४ हजार ७ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ५ हजार २ सय ११ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार परीक्षण भएका नमूनामा संक्रमण पुष्टि हुने दर २२ दशमलव ५ प्रतिशत रहेको छ । प्रदेशगत आधारमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ४२ दशमलव ९ प्रतिशत, गण्डकी प्रदेशमा २८ दशमलव ३ प्रतिशत तथा वाग्मती प्रदेशमा २४ दशमलव ४ प्रतिशत संक्रमण दर रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताउनुभयो ।