मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका पुरानो गोरख गण सुपारेटार व्यारेकका गणपति अनील बुडाथोकीको बिदाई गरेको छ । शुक्रबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुर परिवारले गणपति बुडाथोकीलाई मायाको चिनो सहित विदाई गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत जिसस परिवारले उहाँलाई मायाको चिनो प्रदान गरेर आगामि कार्यकालको सफलताको शुभकामनासहित विदाई गर्नुभएको हो । कार्यक्रममा जिसस प्रमुख खुलालले गणपति बुडाथोकीको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो । उहाँले बिषेश गरि पुरानो गोरखगण तथा गणपति बुडाथोकिले मकवानपुरको मकवानपुरगढीको विकासमा खेल्नुभएको भुमिकाका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले गणपति बुढाथोकीको सरलता र सहयोगि भावनाको प्रशंसा समेत गर्नुभएको थियो ।

कार्यक्रममा गणपती बुढाथोकीले करीब दूई वर्ष मकवानपुरमा रहेर काम गर्दा थुप्रै कुराहरु सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले कामका सिलशिलामा विषेशगरि जिल्ला समन्व्य समिति तथा जिसस प्रमुख खुलालबाट प्राप्त अभिभावकत्वको चर्चा गर्नुभएको थियो । उहाँले आफुले मकवानपुरमा निकै सहज रुपमा काम गर्ने अवसर पाएको बताउनुभयो । उहाँले आफुले सिकेका कुराहरुलाई अन्य स्थानमा समेत व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै समन्वय र सहजिकरणको क्षेत्रमा जिससको भुमिका निकै प्रभावकारी रहेको बताउनुभयो ।