मकवानपुर– थारु समुदायको महान् पर्व माघी मकवानपुरमा पनि मनाईएको छ । मघी पर्वका अवरमा बिहीबार हेटौंडामा थारु मघी महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको हो ।
तेस्रो थारु माघी महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथमा थारुको विभिन्न परिकारको स्टल राखिएको थियो । महोत्सवमा घुंगीको बिशेष परिकार, माछा, हाँसको मासु, भुजाको लड्डु लगायतको खानेकुरा स्टलमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु, नेपाली र हिन्दी गित गायन, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।
महोत्सवमा थारु भषा, कला, संस्कृति संरक्षण एवं सम्वद्र्धनमा योगदान पु¥याएको भन्दै मकवानपुरमा कार्यरत विभिन्न जिल्लाका थारु अगुवालाई सम्मानपत्र प्रदान गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउँदै प्रवद्र्धन गर्ने उद्देश्यले विगत ३ वर्षदेखी महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष हरिलाल चौधरीले जानकारी दिनुभययो ।
माघी पर्व आदिवासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।