हेटौंडा– हेटौंडामा संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने तयारी गरिएको छ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा दिवश भव्य रुपमा मनाउने तयारी गरिएको संविधान दिवस मुल समारोह समिति अन्तरगतको जनपरिचालन उपसमितिले जनाएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको तयारी बैठकमा हेटौंडामा दिवश भव्य रुपमा मनाउने तयारी गरिएको जानकारी दिनुुभयो । उहाँले प्रदेश स्तरमा मनाउने तयारी भएको संविधान दिवशलाई भव्य रुपमा मनाउनकालागि विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिनुभयो । प्रदेश स्तरीय संविधान दिवश मुल समारोह समितिले असोज २ गते नगर,कार्यालय, घर सरसफाई, संचार माध्यममा परिसम्वाद कार्यक्रम, पत्रपत्रिकामा शुभकामना लेख रचना प्रकाशन गर्ने, खेलकुद कार्यक्रम खुल्ला दौड कार्यक्रम आयोजना गर्ने, संविधान र संविधानबाद बिषयमा बिचार गोष्ठी र साँझ हरेक कार्यालय तथा घरमा दिपावली गर्न गराउन आव्हान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यस्तै संविधान दिवशको मुल दिन असोज ३ गते बिगुल बजाउने, तोप र बन्दुक बढाई गर्ने, सहिदको आत्माको चिर शान्तिको लागि मठ मन्दिर, मश्जिद, गुम्वा, चर्च आदिमा पुजापाठ÷प्रर्थनाको व्यवस्था गर्ने, हेटौंडाको सिमामा जम्मा भएर ¥याली सहित मकवानपुर बुहमुखि क्याम्पसमा पुगेर प्रदेशिक विभिधता झल्कने गीत, नृत्य, झाँकी, सुरक्षाकर्मीद्धारा परेड कार्यक्रम आयोजना गर्ने, सम्पुर्ण सरकारी कार्यालय तथा उद्योग एवम् निजि घरमा साँझ दिपावली गर्न आव्हान गर्ने र असोज ४ गते सार्वजन्कि तथा कार्यालय परिषरमा बृक्षारोपण, खुल्ला रक्तदान कार्यक्रम तथा साँझ सरकारी कार्यालय तथा उद्योग एवम् निजि घरमा साँझ दिपावली गर्न आव्हान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसका साथै जिल्ला समन्वय समितिले आफ्नो क्षेत्र भित्रका सबै स्थानीय तहमा भव्यताका साथ संविधान दिवश मनाउन अनुरोध गर्ने तथा सार्वजनीक स्थल÷चोकमा झण्डा फहराउने व्यवस्था गर्ने एवम अन्य कार्यक्रम समेत संचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । जनपरिचालन उपसमितिले हेटौंडामा ५ हजार नागरिक संविधान दिवसको अवसरमा उतार्ने तयारी गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । उहाँले जन स्तरबाट संविधान दिवश प्रभावकारी ढंगले मनाउन आग्रह समेत गर्नुभयो ।
बैठकमा प्रदेश सभा सदस्य जुनेली श्रेष्ट, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मुख्यमनत्री तथा मन्त्री परिषद कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, हेटौंडाका विभिन्न वडाका वडाअध्यक्षहरु, विभिन्न राजनैतिक दल, टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयहरु, तथा उद्योग वाणिज्य संघ, उद्योग संघ लगायत संस्थाहरुका प्रमुख एवम् प्रतिनिधको सहभागिता रहेको थियो । बैठकमा सहभागिहरुले आ–आफ्नो स्तरबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।