प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आज पनि सुनुवाई जारी छ । सर्वाेच्च अदालतको संबैधानिक इजलासमा माघ ४ गतेदेखि जारी वहस बहुमत प्राप्त प्रधानमन्त्रीले गर्नुभएको संसद विघटन बैधानिक हो या होइन भन्ने विषयमा केन्द्रित छ ।
आज पनि इजलासमा पनि रिट निवेदक तर्फका कानुन व्यवसायीहरुले बहस गरिरहनुएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाई गरिरहेको छ ।