हेटाैंडा– मकवानपुरको भीमफेदी गाउँपालिका – ५ को विकट बस्ती बाह्रबिसेमा पहिलो पटक सडक पुगेको छ । सडक निर्माणसँगै अब गाडी ओहोरदोहोर हुन थालेपछि स्थानीय बासिन्दालाई सहज हुने भएको छ । भीमफेदी गाउँपालिकाको लगानीमा सडक निर्माण गरिएको हो । सडक निर्माण भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । भीमफेदी क्षेत्रमा तरकारी उत्पादनका लागि उर्वर क्षेत्र भएकाले किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन र बजारबाट आवश्यक सरसामग्री गाउँ लैजान सहज हुने गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । तरकारी उत्पादन भए पनि बजारसम्म पुर्याउन किसानलाई समस्या थियो ।