हेटौँडा । बागमती प्रदेश सरकारले अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गरेको हो । आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले चितवनकाे गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि आउँदो आर्थिक वर्ष ५ करोड विनियोजन गरेको बताउनुभयाे ।