हेटौँडा । बागमती प्रदेश सरकारकाे आर्थिक वर्ष २०८०-०८१ को बजेट भाषण सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले भजेट भाषण गरिरहनु भएकाे छ । उहाँले आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्र कृषक परिचयपत्र लागु गर्ने घाेषणा गर्नु भएकाे छ ।
कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडी बढाउने भन्दै उहाँले पशुपन्छी तथा कृषि मन्त्रालयका लागि ३ अर्व बजेट छुट्याइएकाे बताउनुभयो । प्रदेशभित्र केरा खेती गर्ने किसानलाई प्रोत्साह गरिने, उच्च प्रबिधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने,पशु श्रोतकेन्द्र बिकासका लागि बजेट छुट्याइने साथै आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्रराङ्गीक मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरेको उहाँले बताउनुभयाे ।