हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १२ करोड २५ लाख रकम विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्नुहुँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १२ करोड २५ लाख रकम विनियोजन गरेको बताउनुभयाे ।
बागमती प्रदेश स्वास्थ्य प्रदेश भन्ने नाराका साथ काम गरिने बताउनुहुँदै उहाँले अस्पतालमा बिशेषज्ञ डाक्टर सहितको सेवामा जोड दिने र मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख बजेट छुट्याइएको बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नाकोत्तर पठनपाठन सुरु गर्ने भएको छ ।











