हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले सात बर्ष यताकै सबै भन्दा कमजोर बजेट ल्याएकाे प्रतिकृया दिनुभएकाे छ । बागमती प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेटपछी पत्रकारहरुसंग प्रतिक्रिया दिदै उहाँले सात बर्ष यताकै सबै भन्दा कमजोर बजेट ल्याएको बताउनुभयो ।
उहाँले दिगो बिकासका आधारमा १७ वटालाई यो बजेटले दरो रुपमा समात्न नसकेको,खाद्य सुरक्षा, सरसफाइ, रोजगारीलाई मर्यादा दिने असमानता हटाउने कुनै ठोस योजना नभएको बताउनुभयो । पुर्वाधार आवास ब्यबस्थापनमा कुनै योजना नभएको र प्रदेश सरकारको योजना व्यबस्थित नभएको बताउनुभयो । प्रदेश सरकारले बिचौलियाहरुको सेटिङमा मेशिन औजार खरिद गर्ने कुरालाई बजेटले प्रोत्साहित गरेको समेत बताउनु भएको छ ।
नेता थपलियाले जलबायु सन्तुलन ल्याउने बिषयमा प्रदेश सरकार मौन रहेको आरोप लगाउनुभयो । प्रदेशका शिक्षामा रणनीति तय गर्ने एक शब्द राखेर कुनै गुणस्तरीयता दिने कार्यक्रम नभएको बताउनुभयो । परिक्षामा कमजोर विद्यार्थीले नोट र किताब सार्न चाहिँ सिपालु विद्यार्थी जस्तै बिगतमा बजेट र अन्य प्रदेशको टुक्रा टुक्रा जोडेर पेश गरिएको बताउनुभयो । बजेट प्रदेस अनुसार कुनै शिर्जनात्मकता केही नभएको बताउनुभयो ।
युवा रोजगारी कुनै ठोस कार्यक्रम छैन, बिदेश पलायन हुने युवाका लागि कुनै कार्यक्रम नभएको बताउनुभयो । राजस्व वृद्धिका कुनै तथ्यांकीय योजना नभएको बताउनुभयो । पुर्व सरकारले ल्याएका गौरवका योजनालाई जस्तै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दुग्ध र सहकारी बोर्ड आदिलाई पुन्समरचना गर्ने नाममा विघटन गर्ने दाउमा प्रदेश सरकार रहेको बताउनुभयो । प्रादेशिक संसदीय स्वरुपलाई जुन ढङ्गले आक्रमण भएको छ त्यसलाई उचित जवाफ यो बजेटले दिन नसकेको बताउनुभयो ।