काठमाडौँ– गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् । आज बसेको मन्त्री स्तरीय बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा गरेको हो ।
मिति २०७७/११/१४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार सरुवा, काज र पदस्थापन भएका कर्मचारीहरुको विवरणः











