काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी देश मोरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले एक गोल गरेको छ । दशरथ रंगशालामा खेलको दोस्रो हाफ चलिरहँदा ५४ मिनेटमा बिमल घर्तीले गोल गरेका हुन् ।
पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मोरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । नेपाल र मोरिससबीच अहिलेसम्म कुनै खेल भएको थिएन । त्यसैले यो पहिलो मैत्रीपूर्ण खेल प्रतिष्ठाको विषय पनि बनेको छ । घरेलु मैदानमा हुन लागेको मोरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सिमित दर्शक राख्न स्वीकृति दिएकाले रंगशालाको क्षमताको एक तिहाई क्षमतामा दर्शक रंगशालामा पुगेका छन् । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मोरिससको राष्ट्रिय टिम नेपालमा छ ।