मकवानपुर– मकवानपुरकाे कैलाश गाउँपालिकामा वैदेशिक राेजगारीबाट फर्किएकाहरूकाे आज ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएकाे छ । कैलाश गाउपालिका–१० स्थित प्रेम सेवा समाजद्वारा संचालित सामुदायिक स्वास्थ क्लिनिक बेतेनी, कुमलटारमा कैलाश गाउपालिका र स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा २३ जनाकाे कोरोना भाईरस (कोभिड-१९) परिक्षण (RDT) गरिएकाे हाे ।
परिक्षण गरिएका सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे कैलाश गाउँपालिकाका अध्यक्ष टंक माेक्तानले जानकारी दिनुभयाे । बिदेशबाट आएका तथा देशको बिभिन्न शहरबाट गाउँ प्रबेश गरेका तथा अन्य गरि २३ जनाकाे परिक्षण गरिएकाेमा सबैकाे रिजल्ट नेगेटिभ आएकाे उहाँले बताउनुभयाे ।