मकवानपुर – मकवानपुर प्रहरीले लागूऔषध गाँजा र चरेशसहित बुधबार ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार २० किलो ५ सय ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलोसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको विशेष टोली र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले मनहरी–८, सिमपानीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीबाट लागूऔषध बरामद गरेको हो ।लागूऔषधसहित प्रहरीले राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्त बहादुर थिङ, २७ वर्षीय ललित बहादुर थिङ र चितवन जिल्लाको राप्ती नगरपालिका–११, भण्डराका २८ वर्षीय राम बहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले लागूऔषध चरेस, गाँजाको धुलो, पिकअप गाडीसहित पक्राउ परेका तीनैजनालाई थपअनुसन्धान भइरहेको जानकारी दिएको छ ।