प्रतिकारात्मक तस्विर

मकवानपुर – मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी–३ कालीदमारमा गएराती भएको ट्याक्टर दुर्घटनामा थप दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
गएराती करीब ९ बजे मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको हेटौंडा सिथ्त चुरेहिल अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो ।