मकवानपुर– मकवानपुरका नीजि अस्पतालहरुले कोरोना उपचारमा हेटौंडा अस्पताललाई सहयोग गर्ने भएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा कमाण्ड पोष्टका सदस्य र नीजि अस्पतालका संचालकसंग भएको छलफलमा हेटौंडा अस्पतालमा स्थापना भएको आईसोलेशन वार्ड र फिबर क्लिनीकलमा चिकित्सक उपलब्ध गराएर सहयोग गर्ने भएको हो ।
हेटौंडामा रहेका ४ वटा निजि अस्पतालहरुसंगको छलफलमा तत्काल हेटौंडा अस्पतालमा रहेको आईसोलेशन वार्ड र फिबर क्लिनीकलमा प्राविधिक सहयोग गर्ने भएका हुन । नीजि अस्पतालहरु चुरेहिल, सहकारी, सिटी अस्पतालले १ जना मेडिकल अफिसर, २ जना अनमी÷स्टाफ नर्स, १ जना अहेव, १ जना ल्याव असिस्टन्ट र १ जना कार्यालय सहयोगि गरि ६÷६ जना र अर्थोपेडकि अस्पतालले मेडिकल अफिसर बाहेक ५ जना जनशक्ति (स्वास्थ्यकर्मी) सहयोग गर्ने भएका हुन् । ती स्वास्थ्यकर्मीहरुलाई हेटौंडा अस्पतालले आवश्यक्ता अनुसार काममा लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।
त्स्तै छलफलमा नीजि अस्पतालहरु २४ घण्टा सुचारु गर्ने, ज्वरो बहेककासबे सेवा उपलब्ध गराउने, नीजि अस्पतालहरुसंग पिपिई उपलब्ध नभएकाले तत्काल हेटौंडा अस्पतालामा रहेको आईसोलेसन र फिबर क्लिनीकमा स्वास्थ्यकर्मी सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । साथै पोलिक्लिनकिहरु नियमित खोल्ने, बिरामी फर्काउन नपाउने निर्णय भएको उहाँले बताउनुभयो ।