मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा उप महानगपालिकाका दुईवटा सामुदायिक विद्यालयलाई ३० लाखका दरले अनुदान उपलब्ध गराउने भएको छ । जिसस मकवानपुरको ७० औ बैठकले हेटौंडा–५, पिप्ले स्थित बालज्योति माबि र हेटौंडा–९, लामसुरे स्थित प्रगति माबिलाई बालमैत्री शौचालय निर्माणका लागि ३० लाखका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७० औं बोर्ड बैठकले दुबै विद्यालयलाई बालमैत्री शौचालय निर्माणको लागि तीस–तीस लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको हो । जिससमा रहेको मौजादकोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम हेटौंडा उपमहानगरपालिकासँगको लागत साझेदारीमा ती विद्यालयहरुलाई अनुदान उपलब्ध गराईने प्रमुख खुलालले बताउनुभयो ।