मकवानपुर – मकवानपुरमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७१ जना एन्टिजेन र पीसीआर विधिाट गरिएको कोरोना परीक्षणमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८ जनामा र १०५ जनाको पिसिआर बिधिबाट गरीएको परीक्षणबाट ५६ जनामा गरी थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार १४७ पुगेको छ ।
त्यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम आइसोलेसनमा उपचाररत ५५ जना र संस्थागत आइसोलेसनवाट १० जना गरि ६५ जना संक्रमणमुक्त भएका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ३६८ पुगेको तथा जिल्लामा हाल सकृय संक्रमितको संख्या ५४३ रहेको कार्यालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएसंगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७ पुगेको कार्यालयले जनाएको छ ।