हेटौंडाः मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा राजेन्द्र देव पाण्डे आउनु भएको छ । प्रजिअ पाण्डेले आजै जिल्ला प्रसाशन कार्यालय मकवानपुरमा उपस्थित भएर जिम्मेवारी सम्हाल्नु भएको हो । पाण्डे यस अघि बैतडी जिल्लाको प्रमुख अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । गृहमन्त्रालयको बुधबारको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएसँगै पाण्डे मकवानपुरमा आउनु भएको हो । यस अघिका मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सुरुवा हुनुभएको छ । उहाँको रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको रुपमा काजमा सरुवा भएको हो ।