हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार भारतिय नम्बर प्लेटको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कान्तिलोक पथ स्थित बकैया–११ मा सि.जी.०७ बि.एच. ५५२७ नम्बरको भारतीय ट्रक सडकबाट तल खस्दा चालक भारत पटना जिल्ला महाबलिपुरका अन्दाजी ४० बर्षीय सुरेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट कान्तिलोक पथ हुँदै बकैयाको ठिंगनतर्फ जाँदै गरेको ट्रक सडकबाट तल खस्दा चालक यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा ट्रकका सहचालक भारत रौतास जिल्लाका अन्दाजी १८ बर्षीय अजित यादब भने हामफालेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ । मृत्यु भएका यादवको शव अहिले हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि ल्याउँदै गरेको प्रहरी प्रवक्ता कार्की बताउनुभयो ।