मकवानपुर– मुस्लिम युवा समाज मकवानपुरद्धारा आयोजित रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । शुक्रबार बिहान रक्तसञ्चार केन्द्र, हेटौंडा शाखामै आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ६७ जनाले रक्तदान गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बल्ड ब्याग हस्तानतरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख खुलालले कोरोना भाइरस संक्रमणको कारण अहिले रक्तदान अभाव भइरहेको अवस्थालाई ध्यान दिदै रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो । बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदातालाई रगत दान गर्न उहाँले आव्हान समेत गर्नुभएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौंडामै स्वास्थ्य सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोरोनाका कारण रगत संकलन हुन नसक्दा अहिले देशै भरी रगतको अभाव भएकाे छ । मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको मुस्लिम युवा समाजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिनुभयो ।
मोहमद सफिक मियाकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष धरम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, मुस्लिम युवा समाजका समिम खान, नेपाल रेडक्रस सोसाइइटी मकवानपुरका कोषध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजी प्रसाद खतिवडा,सदस्य शिवहरी दाहाललगायतको सहभागिता थियो ।












