file photo

सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । हराएकाे जहाज खाेज्न लेते र काभ्रेभीर आसपास टाेली खटिएकाे प्रजिअ शर्मा बताउँछन् । तारा एयरको उक्त जहाज आज बिहान पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो । उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेले पहिले नागरिक उड्ययन प्राधिकरणमा पनि काम गरेका थिए । घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल लागिरहेकाे र पानी परिरहेकाे छ । ३ मिनेटकाे फरकमा जहाजहरू मुस्ताङतिर गइरहेका थिए ।