हेटौंडा – मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरेर ८३ जनामा गरिएको परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ । संक्रमणा पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका २८ जना, थाहा नगरपालिकाका ४ जना, बागमती र भीमफेदी गाउँपालिकाका एक/एक जना रहेका छन् । यसैगरि, आज थप ११८ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल २ सय ३७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।