रुपन्देही । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर विहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्चबालेर हस्तान्तरण गर्नुभयो ।

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्तिदीपबाट दीयो (टर्च) लिएर शुक्रबार पोखरा पुुग्नेछ । खेलाडीहरुले विहीबार विहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी पोखरातर्फ गएका छन् । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शूुभकामना दिनुभयो ।
नेपाल खोखो संघका महासचिवसमेत रहनुभएका सदस्यसचिव शाक्यले लुम्बिनीको पवित्रभूूमिबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताउनुभयो । ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीगो पोखराका ओलम्पियनहरुमाझ पुु¥याएर ऊर्जा थप्ने विश्वास लिएको बताउनुभयो । खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागतसहित सफलताको शुभकामना दिएका थिए । नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विद्यागत खेलहरु भइरहेका छन् ।