हेटाैंडा – सरकारले पीसीआर परीक्षणको शुल्क घटाएकाे छ । कोरोना संक्रमण भएकाे छ-छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क दुइसय रूपैयाँ घटाएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि सरकारी प्रयोगशालाबाट लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई समायोजन गरेर आठ सय रुपैयाँ कायम गरेको जनाएको छ । यस्तै निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार पाँच सय रुपैयाँ मात्र लिन पाउने भएका छन् । यस अघि सरकारले निजी प्रयोगशालाका लागि बढीमा दुई हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।