फाेटाेः गणेश बिष्ट

मकवानपुर – मकवानपुरको रमणिय र पर्यटकिय क्षेत्र थाहा नगरपालिका स्थित “उनिउँ चौर” साच्चिै घुम्नै पर्ने र मनमोहक छ । थाहा नगरपालिका–७, आग्रा स्थित नयाँ पर्यटकिय गन्तव्य हो उनिउँ चौर ।

No description available.
फाेटाेः गणेश बिष्ट

थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने आग्रा ! यस ठाउँको नाम लिने वित्तिकै मानिसहरु भारतको आग्रा सम्झन्छन् । तर यो भारतको नभई नेपालको आग्रा हो । ठुलो चौरको बिचमा बसेर निलो आकाश र लुकामारी गर्दै गरेका बादलका फुर्काहरु हेर्दै आनन्द लिनुको मजा नै बेग्लै हुन्छ, आग्राको उनिउँ चौरमा । टाढाबाट झट्ट हेर्दा हरियो तन्ना सुकाए झैं देखिने यो चौरमा पर्यटकहरु पुगेपछि निकै मोहित हुन्छन् ।

No description available.
फाेटाेः गणेश बिष्ट

नयाँ पर्यटकिय गन्तव्य उनिउँ चौरमा पुग्न बागमती प्रदेशको राजधानी हेटौंडा बाट ६५ किमि दुरिमा बाइरोडको नागबेलि रोडलाई पार गर्दै सिम्भञ्ज्याङको चिसो सिरेटोलाई अनुभूति गर्दै दामन हुदै पालुङ्ग पुगिन्छ र पालुङ्गबाट ९ किमि दुरिमा सुन्दर जंगलहरुको बिचबाट आफुलाई प्रकृतिको काखमा रुमलिदै आग्राको मनमोहक उनिउँ चौर पुग्न सकिन्छ । भने, काठमाडौंबाट बाइरोडको बाटो हुँदै नौबिसेबाट सुन्दर दृश्यहरु नियाल्दै पालुङ सम्म ६५ कि.मि.मा पुग्न सकिन्छ र पालुङबाट ९ किमि दुरिमा रहेको छ । साच्चै एक पटक पुग्ने पर्ने ठाउँ हो उनिउँ चौर ।

No description available.
फाेटाेः गणेश बिष्ट
No description available.
फाेटाेः गणेश बिष्ट
No description available.
फाेटाेः गणेश बिष्ट
No description available.
फाेटाेः गणेश बिष्ट
No description available.
फाेटाेः गणेश बिष्ट

फाेटाेः गणेश बिष्ट