हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ६९ जनाले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा उपस्थित भएर क्षेत्र नम्बर १ मा ४१ जनाले र क्षेत्र नम्बर २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक सिं ठकुरी, कांग्रेसबाट महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेबाट उम्मेदवार दर्ता गराएका छन् । थापाले सुर्य चुनाव चिन्ह लिएर चुनावमा उम्मेदवारी दिनुभएको छ । यस्तै, नेपाली कांग्रेस विपि समूहबाट सुरेन्द्र भट्टराई, हाम्रो नेपाली पार्टीबाट दिपेन्द्र चन्द ठकुरी, नेपाल मजदुर किसान पार्टीबाट शान्त लाल भेल, स्वतन्त्रबाट आइत राम तामाङ, मंगोल अर्गनाइजेसनबाट युवराज लामा, मौलिक जरोकिलो पार्टीबाट संगिन श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा, जनता समाजवादी पार्टीबाट इन्द्रमान थिङ, स्वतन्त्रबाट सुवास पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेकपा मालेबाट कृष्ण प्रसाद दाहाल, सचेत नेपाल पार्टीबाट पंचलाल तामाङ र जसपाबाट मन बहादुर दाहालले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीबाट विरोध खतिवडा, नेकपा एमालेबाट महेश कुमार बर्तौला, नेपाल मजदुर किसान पार्टीबाट रत्न प्रसाद प्रजापति, स्वतन्त्रबाट प्रदीप कालाखेती, राप्रपाबाट राजन मैनाली, मंगोल अर्गनाइजेसनबाट जीवन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, नेकपा मालेबाट उद्धव अधिकारी, सचेत नेपाल पार्टीबाट कुलेन्द्र दिप विक्रम न्यौपाने र नेश्रलिष्ट पिप्लस पार्टीबाट तुला बहादुर लामाले उम्मेदवार दर्ता गराउनुभएको छ ।
यस्तै प्रदेशसभातर्फ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को (क) मा माओवादी केन्द्रबाट कुमारी मोक्तान र (ख) मा नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभातर्फ नै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (क) मा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी र (ख) मा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क) मा कमल बिष्ट, १ (ख) मा एकलाल श्रेष्ठ र प्रदेशसभा २ (क) मा विष्णु ढकाल र २ (ख) मा लाल बहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । #समृद्ध समाजबाट